काठमाडौं । मंगलबार जेनजीको आन्दोलनले देशैभर नीजि तथा सरकारी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । चन्द्रागिरि नगरपालिकाको पनि विभिन्न स्थानमा नीजी तथा सरकारी सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर २ को कार्यालयमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनको क्रममा वडा कार्यालयमा भएको कुर्सी १०, नागरिक वडापत्र, १४ वटा झ्यालका सीसा, भवनका सम्पूर्ण ढोका, सिटर ८, प्रिन्टर ४, फ्रिज १, टिभि ४२ इन्चको १ थान र इन्भरटर एक थान पूर्णरुपमा क्षति पुगेको छ ।



साथै ५ वटा टेवल, ३ वटा दराज, १ पिन्टर र च्यानलगेट १ थानमा आंशिक क्षति पुगेको छ भने कागजपत्र सामान्य क्षति भएको छ ।
कम्प्यूटर ५ थान, पानी ट्याङ्की दुई वटा (दुई हजार लिटर) र डिजिटल हाजिर बक्स एक थान वडा कार्यालयमा नभएको ournews कर्मी दिनेश परियारले जानकारी दिनुभएको छ ।



