काठमाडौं । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ मा रहेको सेवा केन्द्रले राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्य तिथिमा विशाल रक्तदान अभियान गरेको हो ।
रक्तदान गरौं, जीवन बचाऔं भन्ने नाराका साथ विश्व एकता र भातृत्वका लागि रक्तदान भन्दै विशाल रक्तदान अभियान आयोजना गरेको ब्रम्हकुमारी अन्जुकुमारी कर्णले जानकारी दिनुभयो । केन्द्रले रक्तदाता व्यक्तिहरुलाई सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरेको छ ।




रक्तदान विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुनेछ ।



