काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ ले निःशुल्क आँखा शिविरको आयोजना गर्ने भएको छ ।

‘स्वास्थ्य आँखाले सुन्दर संसार हेरौं’ भन्ने मूलनाराका साथ चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ को समन्वयमा कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रले निःशुल्क आँखा शिविरको आयोजना गर्न लागेको हो । शिविर शनिबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म वडाको शहरी स्वास्थ्य केन्द्रमा गरिने छ । शिविरमा छनोट भएका मोतियाविन्दुका विरामीलाई कीर्तिपुरस्थित आँखा अस्पताल तथा अध्ययन केन्द्रमा निःशुल्क शल्यक्रियाको व्यवस्था समेत गरिएको वडा अध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिकाले समय समयमा नगरपालिकाका विभिन्न वडाहरुले संचालन गर्दै आएको यस प्रकारका स्वास्थ्य सम्बन्धी शिविरबाट यहाँका जनताले प्रत्यक्ष लाभ लिई रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय