काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ७ को कार्यालय भवन बनाउने प्रयोजनका लागि जग्गा प्राप्ति भएको छ । साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार मंगलबार चन्द्रागिरि नगरपालिकाको नाममा साबिक थानकोट महादेवस्थान गाउँ विकास समिति वडा नं. २ र वडा नं. ८ को ३–३ रोपनी जग्गा चन्द्रागिरि नगरपालिकाको प्रशासनिक भवन बनाउने प्रयोजनका लागि प्राप्त भएको हो ।
वडा कार्यालय बनाउन जग्गाको पूर्जा प्राप्त भएसँगै यी दुवै वडाको भवन बनाउने कार्यले थप गति लिएको छ । दुवै भवन यही कार्यकालमा निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रवाह सुरु गर्न नगरप्रमुख घनश्याम गिरीज् सम्बन्धित वडाका अध्यक्षहरूलाई अनुरोध गर्नुभएको छ ।

जग्गा प्राप्ति भएसँग वडा नं. ५ र ७ का जनप्रतिनिधिहरुले प्रशासनिक भवन बनाउन बाटो खुलेको भन्दै सामाजिक सञ्जालमार्फत् खुशी समेत व्यक्त गरेका छन् । जग्गा धनीपूर्जा पाएपछि चन्द्रागिरि नगरपालिका वडा नं. ७ का अध्यक्ष शम्भुकुमार केसीले भवनको डीपीआरको तयारीमा लागेको जानकारी दिनुभयो । यस्तै वडा नं. ५ का अध्यक्ष राजेन्द्र महर्जनले पनि अब जतिसक्दो छिटो भवन निर्माण गर्ने बताउनु भयो ।

यसैगरी वडा नं. ७ का वडा सदस्य भुवन केसीले वडा भवन बनाउनको लागि जग्गा प्राप्तिका लागि सहयोगी हातहरुलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले मेहनतको फल मिठो हुने पनि उल्लेख गर्नुभएको छ ।
स्मरण रहोस् यि दुबै वडाले करिव ८ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय