काठमाडौं । चन्द्रागिरि वडा नं. ५ स्थित विशाल ग्रुपको नवनिर्मित व्यापारीक गोदाममा लागेको आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउनको लागि क्रेनको सहायतामा चन्द्रागिरि नगरपालिका र नेपाल आयल निगमको बारुण यन्त्रको प्रयोग भइरहेको छ ।
जेनजीले सोमबार गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि सरकारको चर्को दमनको विरोधमा काठमाडौंलगायत देशैभर हिंसा, तोडफोड र आगजनीका घटना भएको थियो । सोही घटनामा विशाल ग्रुपको व्यापारीक गोदाम भवनमा पनि आगो लगाईयो । उक्त आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगो भवनको अधिकांश क्षेत्रमा फैलिएको हुँदा आगो नियन्त्रणका लागि जति प्रयास गरेपनि असफल भएपछि क्रेनको मद्दतबाट अहिले आगो निभाउने प्रयास भइरहेको छ ।



बिहीबार दिउँसो आगो नियन्त्रणको लागि प्रयास गर्दै गर्दा एक जनाको शव गोदामबाट निकालिएको थियो ।



