काठमाडौं । दशैँ, तिहार र छठलगायत चाडपर्वलक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा आएको छ ।

सरकारले नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले सहुलियत पसल सञ्चालनमा ल्याएको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थान र तीन घुम्ती पसल गरी ३५ स्थानमा सुपथ मूल्यका पसल संचालन हुनेछन् । उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउने छ ।
काठमाडौं उपत्यकामा साल्ट्र ट्रेडिङले कालिमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल संचालनमा ल्याएको छ । साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गर्नेछ भने नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ ।

साल्ट्र ट्रेडिङले चन्द्रागिरि नगरपालिकाको सतुङगलबाट सहुलियत पसल संचालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय