चितवन । चितवनको भरतपुर महानगरपालिका सत्रकिलोमा बिहान तीन बजे माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिनुभएको हो ।
डीएसपी रिजालले दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको, मृत्यु भएका र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रु रहेको जनाएका छन् । गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका राजबहादुर गुरुङ, पहिचान नखुलेको अन्दाजी ४० वर्षकी महिला, ३२ वर्षका पुरुष र ३५ वर्षका अर्को पुरुष चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्युभएको प्रहरीले जनाएको छ ।






