काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका समयमा चेस खेलको विशेष महत्व रहेको बताउनु भएको छ । अखिल नेपाल चेस संघ र नेसनल स्पोट्स एकेडेमीले संयुक्त रुपमा आयोजना गरेको भक्त राना स्मृति चेस प्रतियोगितामा अध्यक्ष दाहालले जनयुद्ध र चेसको गहिरो सम्बन्ध रहेको स्मरण गर्नुभएको हो ।

उहाँले चेस खेल बौद्धिक विकास मात्र नभई मनोविज्ञानको उपचार भएको पनि बताउनु भयो । उहाँले रणमैदानमा जसरी चाल चलिन्छ त्यसरी नै चेसमा पनि रणनीतिक चाल चलिने उल्लेख गर्नुभयो । कार्यक्रममा उहाँले भक्त रानालाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाका रूपमा स्मरण गर्दै उनको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहिरहने बताउनु भयो ।

प्रतियोगिताका माध्यमबाट योग्य खेलाडी उत्पादन भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मुलुकको पहिचान स्थापित हुनेमा आफु विश्वस्थ रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय