काठमाडौं । सवारीचालक सवारी नियम उल्लङ्घन गरेको आरोपमा गत २४ घण्टामा दुई हजार ६ सय ४१ ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।



काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५ सय ८ रुपैयाँ राजस्व दाखिला भएको जनाएको छ । ट्राफिक प्रहरी कार्यालयले मादकपदार्थ सेवन गरेका ७९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ४७, संकेत बत्ती उल्लघन गर्ने १ सय ५४ र तीव्रगतिमा सवारीसाधन चलाएको आरोपमा १ सय २२ जनालाई कारबाही गरिएको जनाएको छ ।
त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय १९, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय १३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय १९, एकतर्फी बाटोमा सवारी चलाउने एक सय र अन्य सवारी नियम पालना नगरेका एक हजार ६ सय ८८ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको हो ।



