काठमाडौं । बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर बिरामी भएकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ जंगलबाट ल्याएको जंगली च्याउ पकाएर खाएका थिए । च्याउ खाएको केही समयपछि दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई राति नै उपचारका लागि जिल्ला अस्पताल मार्तडी पु¥याइएको थियो ।

उपचारकै क्रममा चिकित्सकले रामे थापालाई राति नै मृत घोषणा गरेका थिए । नाम्सरी थापाको अवस्था अझै चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, वर्षायाममा जंगलमा उम्रिने अपरिचित तथा पहिचान नभएका जंगली च्याउ सेवन नगर्न र विशेष सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय बाजुराले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय