काठमाडौं । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको आज ७४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एमाले र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम गरी जननेता भण्डारीको जन्मजयन्ती मनाएको छ । एमाले सम्पर्क समन्वय कमिटीले आज जयन्तीकै अवसरमा पदयात्रा गरेको छ ।

यस्तै नागार्जुन नगरपालिकामा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको शालिक अनावरण गर्नुको साथै चन्द्रागिरि नगरपालिका वडा नम्बर १३स्थित मदन भण्डारी पार्कमा विक्षारोपण कार्यक्रममा सहभागीता जनाउनु भएको थियो ।

एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको सिद्धान्त बनाएको छ । एमालेले पाँचौं राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो ।

मदन भण्डारी २०४६ सालमा भएको नेकपा (माले)को चौथो महाधिवशेन र २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्सवादी) बीच एकता भई नेकपा (एमाले) को पनि महासचिव बन्नुभएको थियो । यस्तै एमालेको २०४९ सालमा भएको पाँचौं महाधिवेशनबाट पनि उहाँ महासचिवमा चुनिनुभएको थियो । मदन भण्डारी २०४८ सालका संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

वि.सं. २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा जन्मिनुभएको भण्डारी २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना हुँदा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय