पोर्चुगल । जनप्रगतिशील मञ्च पोर्चुगलले अध्यक्ष सीता ढकाल सुवेदीलाई कारवाही गरेको छ । मञ्चको अगस्ट २५ मा बसेको कार्य समितिको दुई तिहाइ बहुमतबाट सुवेदीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।
ढकालले मञ्चमा अराजकता सृजना गरेको, समितिका सदस्यहलाई गाली गलौच गरेको, संगठनको हित विपरीत क्रियाकलाप गरेको, गोपनीयता भंग गरेको, आफू मञ्चको संयोजक हुँदा समर्थक शुभेच्छुकबाट संकलित आर्थिक अपचलन गरेकोलगायतको आरोप रहेको छ । सुवेदी फेब्रुअरीमा सम्पन्न सातौं अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुहुन्थ्यो । बैठकले संगठनको विशेष अधिवेशन ६ महिना भित्र गर्ने गरी देवराज घिमिरेको संयोजकत्वमा ६१ सदस्यीय विशेष अधिवेशन आयोजक समिति गठन गरेको छ ।



मञ्चका वरिष्ठ उपाध्यक्ष रेशम बस्नेतले तत्काल समितिको बैठक बसी संगठन बिस्तारका कार्यक्रमहरू सार्वजनिक गर्ने बताउनु भएको छ ।



