जसपा नेपालले सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धि अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको छ। आज बसेको जसपा नेपाल संसदीय दलको बैठकले भूमिसम्बन्धि अध्यादेशलाई भूमाफिया पोस्ने र वास्तविक सुकुम्बासीलाई भन्दा बिचौलियालाई जग्गा बाँड्ने कदम भएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको हो।
बैठकले सांसदहरूलाई उक्त अध्यादेशको विपक्षमा ह्वीप जारी गर्ने निर्णय पनि गरेको छ। जसपा नेपालले सरकारको नियतमा शंका व्यक्त गर्दै उक्त अध्यादेशको विरोध गरेको छ। यसैगरी, अन्य पाँच अध्यादेशबारे पनि सरकारसँग रिजर्भेसन राख्दै, ती अध्यादेश पूरा भएमा मात्र पक्षमा मतदान गर्न सकिने निर्णय गरिएको महासचिव राजकिशोर यादवले जानकारी दिनुभयो।



यस निर्णय अगाडि, जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा एक कार्यदल बनाई अध्ययन गरेको थियो। संसदको प्रक्रिया छलि अध्यादेश ल्याउनुको विरोध गर्दै जसपा नेपालले सरकारको ध्यानाकर्षण पनि गराएको छ। जसपा नेपालको यो निर्णयले राजनीतिक क्षेत्रमै ठूलो चर्चा निम्त्याउने अपेक्षा गरिएको छ।



