काठमाडौं । भारत लगेर मिर्गौला विक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बुधबार राति काठमाडौंबाट पक्राउ गरेको हो ।
सिन्धुली दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेलले उक्त व्यक्तिले आफुलाई जागिर लगाई दिने भन्दै भारत लगेको र बेहोस बनाई आफ्नो मृर्गौला निकालिएको भन्दै प्रहरीमाथी किटानी जाहेरी दिएका थिए । पक्राउ परेका व्यक्तिलाई आज सार्वजनिक गरिने ब्यूरोका प्रवक्ता नरेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।



गत सोमबार भुजेल परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई भारत पुर्याउने व्यक्तिको खोजी सुरू गरेको थियो ।



