जाजरकोटमा भूकम्प प्रभावित चिसोले थप पीडित भएका छन् । चिसोका कारण थप एक जनाको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका कारण ज्यान गएको हो । जाजरकोटमा चिसोका कारण ज्यान गुमाउने भूकम्प पीडितको सङ्ख्या १२ जना पुगेको छ ।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । भेरी नगरपालिका १ र २ मा मात्र २५ जनाभन्दा धेरै बालबालिका बिरामी परेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय