काठमाडौं । जापानले आफ्नो रक्षा क्षमता मजबुत पार्दै दक्षिणपश्चिमी कुमामोटो प्रान्तको क्याम्प केङ्गुनमा टाइप–१२ ल्यान्ड–टु–शिप मिसाइल तैनाथ गरेको छ । अपग्रेड प्रणालीले करिब १ हजार किलोमिटर दायरा राख्दै देशलाई टाढा रहेका सम्भावित सैन्य लक्ष्यमा प्रत्यक्ष प्रहार गर्ने क्षमता दिएको छ ।

रक्षामन्त्री सिन्जिरो कोइजुमीले वर्तमान सुरक्षा वातावरणलाई ‘युद्धपछिको सबैभन्दा जटिल’ भन्दै यो प्रणाली जापानको आत्मरक्षा र प्रतिक्रिया क्षमताका लागि निर्णायक रहेको बताएका छन् । आगामी वर्षमा जापानले देशभरि यस्ता उन्नत मिसाइल प्रणालीहरू तैनाथ गर्ने योजना बनाएको छ ।

साथै, जापानले टोमहाक क्रूज मिसाइलहरू पनि नौ सैनिक क्षमतामा समावेश गर्दै चीनको बढ्दो गतिविधिप्रति सुरक्षा सुदृढ गर्ने रणनीति अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय