काठमाडौं — सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले खुला रुपमा समर्थन जनाएका छन्। उमेर हदबन्दीका कारण आफू प्रदर्शनमा सहभागी हुन नसकेको उल्लेख गर्दै बालेनले सामाजिक सञ्जालमार्फत युवाहरूको आवाज बुझ्न जरुरी भएको बताएका छन्। उनले भनेका छन्, “भोलीको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा जेनजीको हो। उहाँहरू २८ वर्ष मुनि हुनुहुन्छ, जसका लागि म अझै बुढो देखिन्छु। म उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न चाहन्छु।”

मेयर बालेनले प्रदर्शनमा कुनै पार्टी, नेता, कार्यकर्ता वा सांसदले आफ्नो स्वार्थ पुरा गर्न नआउन पनि आग्रह गरेका छन्। उनी भन्छन्, “यो स्वतन्त्र र्‍याली हो, जसमा कुनै राजनीतिक स्वार्थ नहुने हो भने मात्र यसले अर्थ राख्नेछ।” उनले जेनजी पुस्तालाई देशप्रति आफ्नो विचार व्यक्त गर्न र भविष्य कस्तो चाहन्छन् भन्ने स्पष्ट पार्न समेत आग्रह गरेका छन्। उनले प्रश्न राखेका छन्, “प्रिय जेनजी, तपाईँहरु कस्तो देश देख्न चाहनुहुन्छरु”

यसअघि सरकारले दर्ता नभएका २६ वटा सामाजिक सञ्जालको नेपालमा पहुँच रोक्न सेवा प्रदायकहरूलाई निर्देशन दिएपछि विवाद सुरु भएको थियो। यस निर्णयको विरोधमा जेनजी पुस्ता लगायत विभिन्न समूहहरूले सडक प्रदर्शनको घोषणा गरेका छन्। प्रदर्शनलाई मेयर जस्ता उच्च पदस्थ व्यक्तिले समर्थन जनाउनु यस विषयमा जनताको असन्तुष्टि र आवाजको परिचायक मानिन्छ। आगामी दिनमा यो मुद्दा राजनीतिक र सामाजिक रूपमा कत्तिको प्रभाव पार्छ भन्ने कुरा आगामी कदमहरूमा निर्भर रहने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय