काठमाडौं । काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयको नवनिर्मित कम्प्युटर प्रयोगशालको उद्घाटन गरिएको छ । पाकिस्तान सरकारको सहयोगमा निर्माण गरिएको नवनिर्मित प्रयोगशालको उद्घाटन राजदूत अबरार एच हास्मीले गर्नुभएको हो ।
कार्यक्रममा राजदूत हास्मीले विद्यालयको नेतृत्व, शिक्षक तथा समुदायको सक्रिय सहभागिताबाट नै विद्यालयले दिगो शैक्षिक उन्नयन गरेको बताउनुभयो । उहाँले सूचना तथा सञ्चार प्रविधिका साथै कृत्रिम बौद्धिकता र नवप्रवर्तनका क्षेत्रहरूमा अवसरको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।



कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइराला, काठमाडौं महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख समन्तमणि आचार्य, विद्यालयकी प्राचार्य विष्णु घिमिरेलगायतको सहभागीता रहेको थियो ।
पाकिस्तानले सन् २०१३ देखि उक्त विद्यालयको कम्प्युटर प्रयोगशालाका निम्ति फर्निचर, कम्प्युटरलगायत उपकरण सहयोग गर्दै आएको छ ।



