बाढीले क्षतविक्षत पारेको बीपी राजमार्गमा डाइभर्सन बनाएपछि यातायात आवागमन पहिलेको तुलनामा सहज बनेको छ । यद्यपि कच्ची बाटोमा यात्रा गर्दा आनन्ददायी भने छैन । तर साना–ठूला गाडीहरु भने चल्ने हुँदा केही हदसम्म भए पनि सुविधा भने पुगेको छ । गत वर्ष असोजमा ११ र १२ गतेको अविरल वर्षासँगैको बाढी पहिरोले बीपी राजमार्गको विभिन्न खण्डमा क्षति पुर्याएको थियो।



क्षति पुगेका ठाउँमा डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गरिए पनि यसै वर्षको असोज १७ र १८ गते आएको बाढीले त्यो डाइभर्सन बगाएपछि फेरि यातायात अवरुद्ध भएको थियो। त्यही ठाउँमा फेरि डाइभर्सन बनाएर असोज २४ गते अपराह्नदेखि सवारी साधन सञ्चालन गरिएको थियो ।



