काठमाडौं । डा. गोविन्द केसीले भोलिदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । सरकारले विगतमा पटक पटक गरेका सहमति कार्यान्वय नगरेकोभन्दै डा. केसीले सत्याग्रह सुरु गर्ने बताए । शुक्रबार पत्रकार सम्मेलन गर्दै डा. केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग गरेका छन् ।
यसैगरी, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने, जनसंख्या र भौगोलिक स्थितिअनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने माग पनि डा. केसीले अगाडि सारेका छन् ।



यस्तै, डा. केसीले एक सय शै्याभन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रम सुरु गर्न, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, विश्वविद्यालयहरुमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने माग राखेका छन् ।



