काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूले राज्यविरुद्धको कुनै पनि त्यस्तो कसुर नगरेको बताउनु भएको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्दै थुनामुक्त गर्न आदेश दिएपछि मिश्रले आफू राजसंस्था पुनःस्थापनाका लागि राजनीतिक रुपमा लागेको बताउनु भयो ।
उहाँले आफू हाजिर जमानीमा छुटेको र चैत १५ को प्रदर्शनमा जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो ।



काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा राजावादीहरू दोषी रहेको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो । मिश्र डेढ महिनापछि प्रहरी हिरासतबाट मुक्त भएका छन् ।



