डोटीमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दीपायल सायल सडकखण्डमा सु.प्र.प. ०१००१ ज १३९५ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जीप चालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको र उनी गभर्वती रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक कटुवालकी १० वर्षीया छोरी साविता घाइते भएका छन् । घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जना मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जीप दीपायलबाट मौवातर्फ गइरहेको थियो । जीप सडकबाट करिब २५० मिटर तल खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय