काठमाडौं । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पक्राउ परेका छन् ।
बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरी फरार भएका नेपालीलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको हो ।



पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कूटनीतिक प्रक्रिया अघि बढाएको नेपाल प्रहरीले जनाएको छ । नेपालीविरुद्ध २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । सहकारी प्रकरणमा मुछिएका अन्य सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चले पनि इमेज सहकारीका अध्यक्षसमेत रहेका नेपाली फरार थिए ।
नेपालीसहितका सहकारी सञ्चालकले १ हजार ५ सय बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।



