काठमाडौं । नेपाल तरुण दल काठमाडौं क्षेत्र नं. १० ले चन्द्रागिरि नगरपालिकाको सतुंगलमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । २५६९औं बुद्ध जयन्तीको अवसर पारेर सतुंगलको लाक्षीमा रक्तदान शिविर आयोजना गरिएको नेपाल तरुण दल काठमाडौं क्षेत्र नं. १० का सभापति ईश्वर लामाले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलिया, बागमती प्रदेशका पूर्व पर्यटन मन्त्री पुकार महर्जन, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरि, चन्द्रागिरि नगरका विभिन्न वडाका अध्यक्षहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तरुण दलले विगत केही वर्षदेखि रक्तदान शिविरहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय