काठमाडौं । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति आगलागी हुँदा चार घर जलेका छन् ।



गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेको बताउनु भएको छ । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् । पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएको छ ।
जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण संकलन थालेको छ ।



