काठमाडौँ — काठमाडौंको तारकेश्वर नगरपालिकामा वडानम्बर ११ को कार्यालय र प्रहरी चौकीमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। सोमबार राजधानीसहित देशभर भएको जेन–जी आन्दोलनमा प्रहरीले दमन गर्दा धेरै युवा र विद्यार्थी आक्रोशित बनेका थिए। त्यसको परिणामस्वरूप मंगलबार प्रदर्शनकारीहरूले स्थानीय सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरेका हुन्।
स्थानीयवासी र प्रहरीका अनुसार आगजनीबाट कार्यालयको झ्याल, ढोका र केही फर्निचरमा क्षति पुगेको छ। प्रहरी घटनास्थलमा परिचालित भएका छन् र स्थिति नियन्त्रणमा लिन प्रयासरत छन्।






