दार्चुलाको व्यास गाउँपालिकाको वडा १ तिंकरमा सशस्त्र प्रहरीको बीओपी स्थापना लागि गएका जनप्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले बाटोमै रोकेको छ । भारतीय बाटो हुँदै कार्यक्रममा सहभागी हुन गएका महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, व्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र विद्यार्थी नेता दीपक सिंह खातीलाई भारतीय सीमा सुरक्षाबलले बाटोमै रोकेको हो ।

भारतीय सुरक्षाकर्मी एसएसबीले तिगरम पुलघाट नजिक रौगती भन्ने ठाउँमा तीनै जनालाई जाँच गरी माथि जान नदिएको हो । व्यास गाउँपालिकाको तिङ्करमा आज सशस्त्र प्रहरीको बीओपी स्थापना गरिँदै छ । सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल, प्रमुख जिल्ला अधिकारी किरन जोशी, सशस्त्रका एसपी डम्बरबहादुर विष्टसहितको टोलीलाई भने भारतीय मोटरमार्ग हुँदै एसएसबीले तिङ्कर जान दिएको छ । दार्चुलाको व्यास क्षेत्रमा नेपालको भूगोल भएर आवतजावत गर्ने बाटो नभएकाले भारतीय बाटोकै प्रयोग गर्नु पर्ने बाध्यता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय