काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताकै कारण अहिलेको अवस्था सिर्जना भएको बताउनु भएको छ ।
महामन्त्री शर्माले सामाजिक संजालमा भिडियो सन्देश जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई गत असारमै आफुहरुले सक्रिय राजनीति छाडेर अभिभावकीय भूमिका खेल्न सुझाव दिएपनि नमान्दा आज यो परिस्थिति बनेको उल्लेख गर्नुभयो ।



शर्माले आफुहरुले पार्टीमा बसेर राजनीतिक परिवर्तको प्रयास गरे पनि नसकेको बताउनु भयो । उहाँले पहिले नै पार्टीमा एक पटक राष्ट्रपति, दुई कार्यकाल प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद मात्रै हुन पाउने व्यवस्था गर्ने प्रस्ताव पार्टीमा गरेपनि निर्णय गराउन नसकेको स्वीकार गर्नुभयो ।



