काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
देशमा विद्यमान असामान्य परिस्थितिको कारण हिउँदे विदामा कटौती गर्नेगरी विश्वविद्यालयले बिदा दिएको विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्लीथापा क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।



सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै ९ गते बिदा दिई कात्तिक ११ गतेदेखि नियमित पठनपाठन हुने जनाइएको छ ।




