काठमाडौं । चन्द्रागिरि नगरपालिका–४, थानकोट क्षेत्रबाट ११ वर्षीय बालक अचानक सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन् । हराइरहेका बालक समीर कडायत वैशाख १७ गते बिहान करिब ६ बजेदेखि बेपत्ता भएका हुन् ।
समीर, तपेन्द्र कडायतका छोरा हुन् । उनको स्थायी घर कैलाली जिल्लाको लम्की चुहा नगरपालिका–२ मा रहेको भए पनि हाल परिवारसँगै थानकोटको ईमाखेल क्षेत्रमा बसोबास गर्दै आएका थिए । उनी स्थानीय भीम माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी हुन् ।



परिवारका अनुसार समीर हराउँदा पहेंलो हाफ पाइन्ट, सेतो छिरेमिरे टिसर्ट तथा चप्पल लगाएका थिए । बिहान घरबाट निस्किएपछि उनी कहाँ गए भन्नेबारे हालसम्म कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन । आफन्त र छिमेकीले आसपासका क्षेत्रहरूमा खोजी जारी राखे पनि अझैसम्म कुनै पत्ता लाग्न सकेको छैन ।
बालक हराएको खबरपछि परिवारले स्थानीयवासी, सञ्चारमाध्यम तथा सुरक्षाकर्मीमार्फत खोजी कार्यलाई तीव्र बनाएको छ । उनीहरूले समीरलाई कसैले देखेमा वा कुनै जानकारी भएमा तत्काल ९७४४७३९८५३ वा ९८५१०६३९७६ सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।
यस्ता घटनामा समुदायको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण हुने भएकाले स्थानीयबासीलाई सचेत रहँदै सहयोग गर्न परिवारले अपिल गरेको छ । प्रहरीले पनि बालकको खोजीमा आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।



