काठमाडौं । प्राथमिक अस्पताल थानकोटलाई उपचार सेवामा सहजता ल्याउने उद्देश्यले आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

वेटर वल्र्ड कोरियाका प्रतिनिधिहरुले बिरामी भर्ना कक्षमा आवश्यक पर्ने सामग्री तथा अन्य उपकरण अस्पताललाई हस्तान्तरण गरेका हुन् । उक्त सामग्री चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई नगरपालिकामै पुगेर हस्तान्तरण गरिएको थियो ।

यस सहयोगले अस्पतालमा उपचारका लागि आउने बिरामीलाई थप सहज, सुरक्षित र व्यवस्थित सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । अस्पतालमा आवश्यक सामग्री थपिएसँगै उपचार सेवा अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

नगर प्रमुख गिरीले स्वास्थ्य क्षेत्रलाई सहयोग गर्दै आएकोमा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यले स्थानीय नागरिकको स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन आउने बताउनुभयो । उहाँले रुद्र बहादुर स्मृति प्रतिष्ठानले समन्वयकारी भूमिका खेलेकोमा पनि आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय