काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा रहेको अव्यवस्थित बस्ती हटाइएको छ । बस्ती खाली गराउने क्रममा आफू घरवारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा अस्थायी रूपमा सारिएको छ ।

बस्ती हटाउने कार्य अघि स्वेच्छाले स्थानान्तरण हुन चाहने बासिन्दालाई महानगर प्रहरी बल र नेपाल प्रहरीले मानवीय सहयोगका साथै सवारी साधन र व्यवस्थापकीय सहयोग प्रदान गरेका थिए ।
महानगरका अनुसार नदी किनार अतिक्रमण हटाउने, वातावरणीय जोखिम न्यूनीकरण गर्ने तथा सहरको व्यवस्थापन सुधार गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो । यद्यपि बस्ती हटाइएपछि प्रभावित परिवारहरूको दीर्घकालीन पुनस्र्थापना र जीविकोपार्जनको विषय चुनौतीका रूपमा देखिएको छ ।

स्थानीय तहले प्रभावित परिवारहरूको व्यवस्थापनका लागि आवश्यक पहल गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय