नेपाल प्रहरीले दशै, तिहार र छठ पर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना तयार पारेको छ । विगतका चाडपर्वमा सुरक्षामा भएको कमी कमजोरीलाई मध्यनजर गर्दै यसपटक सुरक्षा योजनालाई बलियो पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीले दशै, तिहार र छठ पर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना तयार पारेको छ । विशेष सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार पाँच सय ३० जना प्रहरी खटाइएका छन । मुख्य सहरी क्षेत्र, राजमार्ग, हाटबजार, बैंक र वित्तीय संस्थालगायत बढी आर्थिक कारोबार हुने क्षेत्र, शक्तिपीठ, लामो तथा छोटो दूरीका बसपार्क केन्द्रित गरेर थप सुरक्षा सतर्कता अपनाएको प्रहरीको भनाइ छ । विगतमा देखिएको कमजोरीलाई सुधार गर्दै यसवर्षको दसैँ तिहार सुरक्षा योजनालाई बलियो र मजबुत पारिएको प्रहरीको दाबी छ ।

चाडपर्वमा यात्रु तथा उनीहरूका साथमा रहेका धनमालको सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी सुरक्षा रणनीति तय गरिएको प्रहरीको दाबी छ । प्रहरी टोलीले आवश्यकताका आधारमा सीमानाका, यात्रु सहायता कक्ष, नागरिक सहायता कक्षमार्फत सर्वसाधारणलाई सुरक्षा दिनेछन् भने गस्ती समेत गर्नेछ । सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकामा चौध स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । यस पटक सुरक्षाका ालगि भीडभाड स्थानमा ड्रोनबाट निगरानी गरिने प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा १२ हजारभन्दा बढी प्रहरी खटाइएको छ । सीमानाकामा विदेशबाट आउने नेपालीको सहायताका लागि ५०–५१ जना प्रहरी सीमा सीमामा खटिएका छन । दशैँतिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेकोलाई समेत खटाएको प्रहरीले जनाएको छ । दशैंको समयमा घर बन्द गरेर तस्बिर खिचेर घर खाली भएको जानकारी सामाजिक सञ्जालमा नराख्न, र घर पूरै खाली छाड्नुपर्ने अवस्थामा छिमेकी वा सुरक्षालाई खबर गर्न प्रहरीले भनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय