काठमाडौं । यस वर्षको अक्टोबर महिनामा १ लाख २८ हजार ४ सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।



नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५ सय, ओसियाना ६ हजार ८ सय १४, अमेरिका १६ हजार ४ सय ७, मध्यपूर्व ३ हजार ५ सय ४८, अफ्रिका ४ सय ४३ र अन्य देशबाट ८ आठ हजार ४ सय ४४ पर्यटक नेपाल आएका छन् । बोर्डले गत जनवरीदेखि अक्टोबरस्म्म कूल ९ लाख ४३ हजार ७ सय १६ जना पर्यटक नेपाल आएको जनाएको छ । अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए ।
यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट ६ हजार ७ सय ५५, जर्मनबाट ६ हजार ३ सय ६६, अष्ट्रेलियाबाट ६ हजार १ सय ७७ जनाले नेपाल भ्रमण गरेका थिए ।
यस्तै श्रीलंकाबाट ५ हजार ५ सय ३५, फ्रान्सबाट ५ हजार ४५, बङ्गलादेशबाट ४ हजार ६ सय ४१ र म्यानमारबाट ३ हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।



