प्रमुख दलका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ । शान्ति प्रक्रिया र संवैधानिक परिषद्को बिषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका हुन् ।

बैठकमा शान्ति प्रक्रिया, संवैधानिक परिषद्को बैठक, संसदमा कांग्रेसले गरिरहेको अवरोधलगायतका समसामयिक बिषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री दाहालले भोलि बिहानका लागि संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् । बैठकले रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय