दिवस भनेको उत्सव हो । तर नेपालमा भने दिवस होइन दिवसको नाममा सकस हुन्छ । र यसको सुरुवात फोन गर्दा बज्ने रिङब्याक टोनबाट सुरु हुन्छ । कर्कस आवाज र धुन मिश्रित रिङब्याक टोनले दिवसको नाममा सरकारले भद्दा मजाक गरिरहेको छ । संविधान दिवसको पूर्वसन्ध्यामा अहिले मोबाइलमा राष्ट्रिय गानको धुन बजिरहेको छ । कानूनत: राष्ट्रिय गान र धनुको प्रयोग गर्ने कार्यविधि छ । तर सरकारले यो धुनको उपहास गरिरहेको छ । त्यस्तै उपहास सडकमा पनि गरिँदैछ । दिवसको अवसरमा सरकारले बिहीबार दरबारमार्गमा राष्ट्रिय कन्सर्ट आयोजना गर्दैछ । त्यो पनि सडक नै बन्द गरेर । कार्यक्रमका लागि आजदेखि नै सडक अस्तव्यस्त बनेको छ ।
तपाईले बुधबार बिहानैदेखि कसैलाई फोन गर्दा यो धुन पक्कै सुनिरहनुभएको छ । हो, यो राष्ट्रिय गान सयौँ थुंगा फूलका हामीको धनु हो । नेपाल दूरसञ्चार प्राधिकरणले बजाइरहेको यो धुन भने राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ को विपरीत छ । किनभने यो कार्यविधिमा रहेको राष्ट्रिय गान सम्बन्धि व्यवस्थाको बर्खिलाप छ । किनभने कार्यविधिको दफा १४ मा रहेको राष्ट्रिय गानको प्रयोगको समय र विधि अनुसार यो धुन बज्दा सबैले सतर्क अवस्थामा उभिएर शिर ठाडो गरी उच्च र उल्लासपूर्ण आवाजमा गाउनुपर्ने भनिएको छ । अनि उपदफा १५ अनुसार राष्ट्रिय गानको अपमान हुने गरी र असान्दर्भिक तबरे प्रयोग गर्ने निषेध गरिएको छ ।



तर फोन गरे पिच्छे बजिरहने यो धुनलाई कसरी सम्मान गर्ने रु दिवसको अवसरमा धनु प्रयोग गर्न मिल्ने कार्यविधिमा उल्लेख भएपनि यसरी फोनमा सीआरबीटी नै राख्नु असान्दर्भिक भएन र ?
अहिले सामाजिक सञ्जालमा सरकारले यसरी राखेको रिङ ब्याक टोनप्रति नागरिकले आक्रोश पोखिरहेका छन् । रिङ ब्याक टोन मात्र होइन सरकारका कारण बुधबार दिनभर काठमाडौं उपत्यकाको सडकमा अत्यधिक ट्राफिक जाम भोग्नुपर्यो । र यो बिहीबार अर्थात् संविधान दिवसको दिन पनि यस्तै हुनेछ । किनकी सरकारले यो पटक काठमाडौंको दरबारमार्गको सडक बन्द गरेर त्यहाँ राष्ट्रिय कन्सर्टको आयोजना गरेको छ ।
सुन्दा अचम्म लाग्यो होला, संविधान दिवसको दिन कन्सर्ट ? हो, नयाँ वर्षमा उत्सवका रूपमा आतिसबाजी गर्न नरुचाउने सरकारले संविधान दिवसको अवसरमा कन्सर्ट आयोजना गरेको छ । त्यो पनि सडक बन्द गरे । बुधबार भने त्यहाँ स्टेज बनाउन र आवश्यक तयारीका लागि सडक बन्द गरिएको हो । सरकारले उत्सवका नाममा लादेको सास्तीप्रति नागरिकको थामिनसक्नुको आक्रोश छ ।
अब यो सडक असोज ३ अर्थात् बिहीबार राति ८ बजेसम्म चल्ने छैन । यो सडकमा दिवसको अवसरमा बिहीबार दिनभर नाचगान हुनेछ । कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बु, आनन्द कार्की, स्वप्न सुमन लगायतका गायकगायिकाहरुले गीत गाउनेछन्। त्यसैगरी, चर्चित ब्यान्डहरु कुटुम्ब र एलिमेन्ट्सको समेत प्रस्तुति रहने बताइएको छ। कन्सर्टले लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकले जनाएको छ। तर, यसरी नागरिकलाई सास्ती दिइरहेको कन्सर्टको महत्व के होरु नागरिकलाई यस्तो सास्ती दिएर गरिएको कन्सर्टले के फाइदा पुर्याउँछरु सरकारको यस्तो हर्कतले नागरिकको सरकारप्रति वितृष्णा बढ्दैन र ? सरकारले उत्सवका नाममा नागरिकलाई सास्ती दिनु भनेको लोकतान्त्रिक मूल्यहरूको उल्लंघन होइन र ?



