काठमाडौं । संघीय संसद् अन्तर्गत दुई संसदीय समितिको सभापतिको निर्वाचनका लागि प्रस्ताव दर्ता हुँदैछ । संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिको निर्वाचन कार्यक्रम अन्तर्गत प्रस्ताव दर्ता आज हुन लागेको हो ।
दिउँसो २ देखि ४ बजेसम्म नयाँबानेश्वर संसद् भवनस्थित महासचिवको कार्यकक्षमा प्रस्तावकले सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्ने तालिका छ । अपराह्न साढे ४ बजे सूची प्रकाशित हुनेछ ।



प्रतिनिधि सभा निर्वाचन भएको करिब डेढ वर्षपछि ती समितिका सभापति चयन हुन लागेको हो । अहिले संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको छ ।



