आज संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ।

यसका साथसाथै, सरकारले प्राथमिकतामा राखेको अध्यादेश (जो पछि विधेयकमा परिणत भएको छ) कार्यसूचीमा राख्न नसकेको छ। सत्तारुढ दल जसपा नेपालले असन्तुष्टि जनाएपछि सरकारले अध्यादेशलाई कार्यसूचीमा समावेश नगरेको हो।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०८१ पेस गर्नेछन्। यसैगरी, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन्।

गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘नेपाल प्रहरी विधेयक २०८१’, ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’लाई प्रस्तुत गर्न अनुमति माग्ने छन्।

यसका साथै, विधायन विधेयक २०८० सम्बन्धी ‘कानुन, न्याय तथा मानव अधिकार समिति’को प्रतिवेदनमा आधारित विभिन्न बुँदाहरू र विधेयकका दफाहरू निर्णयका लागि प्रस्तुत गरिनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय