काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघअन्तरगत रहेका अस्पतालमा कर्मचारी थप्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालमा बिरामीको चाप बढेको र चापअनुसार लामो समयदेखि थप हुन नसकेको जनशक्ति थप्ने तयारी गरिएको हो ।

मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा २ हजार भन्दा बढी कर्मचारी अस्पतालमा थप्न गर्न लागिएको जानकारी दिनुभएको थियो । कर्मचारी थप गर्ने विषयमा

मन्त्रालयका सहसचिव ऋषि आचार्यको नेतृत्वमा आन्तरिक कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले २ हजार १ सय २ जनशक्ति थप गर्न सकिने संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिइएको छ ।

देशको सबैभन्दा ठूलो अस्पताल वीर अस्पतालमा ७ सय ७७ जना, ट्रमा सेन्टरमा ९०, कान्ति बाल अस्पतालमा ७८, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा १७३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ सय १७ जना स्वास्थ्य जनशक्ति थपिने भएको छ ।

यस्तै कोशी अस्पतालमा १७२, नारायणी अस्पतालमा ३१८ तथा भेरी अस्पतालमा १७९ जनशक्ति थप हुनेछ । गजेन्द्रनारायण स्मृति अस्पताल राजविराजमा १४४, चितवनको भरतपुर अस्पतालमा ४६५, डडेल्धुरा अस्पतालमा ५२ तथा औषधि व्यवस्था विभाग र प्रयोगशालामा गरी ४० जना जनशक्ति थप गर्ने गरी संगठन संरचना तयार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय