काठमाडौं । सरकारले दिनहुँ पाठेघरको मुखको क्यान्सरबाट चार जनाजतिको मृत्युहुन थालेपछि किशोरी र महिलाको मृत्युदर घटाउन एचपीभी खोप आजबाट देशैभर एकैसाथ दिनलागेको छ ।
चन्द्रागिरि नगरपालिका क्षेत्रका १० देखि १४ वर्ष उमेरका करिब ६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप लगाइँदै छ ।



नगर क्षेत्र भित्र रहेका सामुदायिक, संस्थागत विद्यालयका र विद्यालयबाहिर रहेका करिब ६ हजार २ सय ८ जना किशोरीलाई एचपिभी खोप दिइने नगरपालिकाले जनाएको छ ।
चन्द्रागिरि नगरका सामुदायिक र संस्थागत गरि ५३ वटा विद्यालयमा, १८ वटा स्वास्थ्य संस्था, १५ वटै वडा गरेर ७० वटा खोप केन्द्र रहेको छ ।






