धादिङ — सडक कालोपत्रे नहुँदा निरन्तर धुलोको समस्या भोग्नुपरेको भन्दै धादिङको थाक्रे गाउँपालिकाअन्तर्गत पृथ्वीराजमार्ग स्थानीयवासीले अवरुद्ध गरेका छन्। लामो समयदेखि सडक निर्माणको काम अलपत्र परेको र धुलोका कारण स्थानीयको स्वास्थ्य तथा दैनिक जीवन प्रभावित भएको भन्दै उनीहरूले विरोध प्रदर्शनसहित राजमार्ग बन्द गराएका हुन्।

स्थानीयका अनुसार पृथ्वीराजमार्ग विस्तार तथा मर्मतको काम समयमै सम्पन्न नहुँदा थाक्रे क्षेत्रका बासिन्दा, व्यापारी, विद्यार्थी तथा यात्रुहरू प्रत्यक्ष प्रभावित भएका छन्। सडकमा उड्ने धुलोका कारण पसल, घर तथा सार्वजनिक स्थानमा समेत समस्या बढेको उनीहरूको गुनासो छ।

प्रदर्शनकारीहरूले सडक कालोपत्रे गर्ने काम तत्काल अघि बढाउन, नियमित रूपमा पानी छर्केर धुलो नियन्त्रण गर्न र निर्माण कार्यलाई तीव्रता दिन माग गरेका छन्। राजमार्ग अवरुद्ध भएपछि काठमाडौं जाने र बाहिरिने सवारीसाधन प्रभावित भएका छन्। यात्रुहरू लामो समय सडकमा रोकिएका छन्। स्थानीय प्रशासन र सम्बन्धित निकायले आन्दोलनरत पक्षसँग छलफल गरी अवरोध हटाउने प्रयास गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय