मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले बोक्सेखोला थुनिएको छ । बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो ।
धौलागिरि हिमालको फेदबाट मूलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सेखोलामा पानीको मात्रा घटेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्सेखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।



आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सेखोला किनारमा पर्दछ ।



