म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतारोहीको मृत्यु भएको छ ।

धौलागिरि हिमालको हाई क्याप आधार शिविरबाट आइतबार देखि हराएका रसियाका आरोहीहरूको शव मंगलबार सात हजार एक सय मिटरको उचाइमा भेटिएको हो । शव भेटिकाहरुमा रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले पुष्टि गर्नुभएको छ । उनीहरु आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएपछि पर्वतारोहीहरूको हेलिकप्टरमार्फत खोजी गर्ने क्रममा मृत भेटिएका हुन ।

हराएका पर्यटक खोज्न हेली एभरेस्टको हेलिकप्टर परिचालन भएको थियो । उनीहरू आइ एम टे«किङ एण्ड एक्सपीडिसनमार्फत धौलागिरि हिमाल आरोहणका लागि आएका थिए । धौलागिरि हिमाल आरोहणका क्रममा सात हजार छ सय मिटर उचाइमा उनीहरू दुर्घटनामा परेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय