भारतको राजधानी दिल्लीमा रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको घटनामा कैयौँ मानिस घाइते भएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्ली रेलवे स्टेशनमा भएको घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।






