काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेकाले गृह मन्त्रालयको नयाँ भवनबाट कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहण गर्नुहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कार्कीले शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।



कार्की बिहान ११ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गरेसँगै आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा हुनुहुन्छ ।



