नवलपरासीको प्रतापपुरमा एक दम्पतीको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । प्रतापपुर ८ मरचहवाँ का ५० बर्षिय तिलकराज भेडिहार र एउटै उमेर कि श्रीमति निर्मला भेडिहारको शव मंगलबार गाइ गोठमा फेला परेको हो । हत्याको घटनाको अनुसन्धान भैरहेको नवलपरासी प्रहरीले जनाएको छ ।






