काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट प्रहरीले करिब सात टन अवैध काठको कोइला (गोल) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियमित सवारी चेकजाँचका क्रममा ठूलो परिमाणमा गोल बरामद भएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक अजय जंग थापाले ०१–००७ ख ०५९२ नम्बरको ट्रकलाई नियमित चेकजाँच गर्ने क्रममा ६ टन ९५० किलोग्राम गोल फेला परेको जनाएका छन् । प्रारम्भिक अनुसन्धानमा उक्त गोल ढुवानीका लागि आवश्यक पर्ने कानुनी कागजात नभेटिएपछि ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा उनीहरुसँग सोधपुछ भइरहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको जनाएको छ ।

नागढुंगा काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार भएकाले यहाँ दैनिक रूपमा विभिन्न सवारीसाधनमा नियमित सुरक्षा तथा चेकजाँच गरिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय