काठमाडौं । नागढुंगा सुरुङ मार्गको सहायक सुरुङ (इभ्याकुएसन) को आज ब्रेक थ्रु हुने भएको छ ।आज अपरान्ह ४ बजे सुरुङको ब्रेक थ्रु हुने आयोजनाले जानकारी दिएको छ । २०७६ साल कात्तिक ४ गते शिलान्यास भई निर्माण सुरु गरिएको रेस्क्यू टनेलको सुरुङ मार्ग निर्माणको काम आजदेखि सकिने भएको हो । इभ्याकुएसन सुरुङको कुल लम्बाइ २ हजार ५ सय ५७ मिटर रहेको छ ।
यो सुरुङ आपतकालिन अवस्थाका लागि प्रयोग गर्न बनाइएको हो । २ हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङ पनि अब ५ सय मिटर मात्र खन्न बाँकी रहेको छ ।मुख्य सुरुङ मार्ग पनि आगामी दशैंंसम्ममा ‘ब्रेक थ्रु’ गर्ने आयोजनाको तयारी छ ।






