काठमाडौं । नागढुङ्गा–सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित स्थानीयवासीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न दबाब दिने उद्देश्यले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् ।

नागढुंगा सुरुङमार्ग आयोजना पीडित किसिपिडी संघर्ष समितिले सोमबार बिहान ९ बजे दूरसंचार किसिपिडी फ्लाइओभर क्षेत्रमा धर्ना गर्न लागेका हुन् ।

समितिले प्रभावित स्थानीयवासीको अधिकार सुनिश्चित गर्न र लामो समयदेखि उठाउँदै आएका मागको कार्यान्वयनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आन्दोलन गर्न लागिएको जनाएको छ ।

सार्वजनिक गरिएको पाँच बुँदे मागमा आकाशे पुल यथाशीघ्र निर्माण, सडक पेटी (फुटपाथ) फराकिलो बनाउने, आयोजना प्रभावितलाई रोजगारी सुनिश्चित गर्ने, जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको उचित व्यवस्थापन गर्ने तथा फ्लाइओभरलाई ‘किसिपिडी फ्लाइओभर’ नामकरण गरी यथाशीघ्र संचालनमा ल्याउने विषय समावेश गरिएको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको सोमबार पूर्वाधार मन्त्री सुनिल लम्सालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय