नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफ्ना सांसदहरूलाई कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका थिए । आफ्नो निवास बर्दियामा सुदूरपश्चिमका पाँच मन्त्रीलाई बोलाएर चौधरीले यस्तो निर्देशन दिएका हुन् ।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरी, प्रमुख सचेतक समेत रहेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री खुसीराम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा चौधरी रेशम चौधरीलाई भेट्न बर्दिया पुगेका थिए । हिजो राति चौधरीले उनीहरूलाई कांग्रेस नेतृत्वकै सरकारमा रहन र विश्वासको मत दिन भनेका हुन् ।



बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पार्टी भित्रै विवाद जारी छ । अध्यक्ष रन्जिता श्रेष्ठ केन्द्रमा तयार भएको नयाँ गठबन्धन अनुसार सरकार बनाउनुपर्नेमा छिन । चौधरी भने कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा छिन ।



